नेपाल वायुसेवा निगमले दुवईमा अल्पत्र परेका नेपालीलाई आइतबार स्वदेश फिर्ता ल्याउने भनिएको छ ।
निगमले भदौ २ गते दुवई काठमाडौंका लागि तय गरेको उडान सीसीएमीको निर्णयका कारण दुवई पुगेर पनि जहाज रित्तै फर्किएको थियो।
निगमले यात्रुहरुलाई काठमाडौंमा क्वारेन्टिन व्यवस्थापनको कारणबाट ल्याउन नसकिएको भन्दै सोही उडानको काठमाडौंबाट दुवईको लागि २ सय ३५ यात्रु तथा १५ टन कार्गो समेत रहेकोले सो एकतर्फी उडान सञ्चालन गर्नुपरेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुवईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुहरुका लागि आगामी २३ अगष्ट (आइतबार) २ उडान सञ्चालन हुने भएकोले कोभिड नेगेटिभको रिपोर्ट लिएर यात्रा गर्न निगमले आग्रह गरेको छ।