• आइतबार, साउन १० २०८३

पछिल्लो २४ घण्टामा थपिए ८ सय ३८ जना संक्रमित


शुक्रबार, भाद्र ५ २०७७
650
Shares

नेपालमा फेरि ८ सय ३८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी उक्त संख्यामा संक्रमित थपिएका हुन्।

गत २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। योसँगै १८ हजार २ सय १४ जना डिस्चार्ज भई घर फर्किएका हुन्। ५ लाख ७९ हजार ८ सय ९९ जनामा अहिलेसम्म पीसीआर परीक्षण गरिएको उनले बताए।

यसैबीच, पछिल्ला केही दिनयता आईसीयूमा उपचार गर्नेहरु बढेको उनले जानकारी दिए। हालसम्म १ सय ३३ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा वागमती प्रदेशका १५ जनाको उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार