बयलपाटा अस्पतालका सबै स्वस्थयकर्मीका संक्रमण पुष्टि भएको छ । डडेल्धुरा उप–क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३६ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो।
जिल्लाको बयलपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारी सहित त्यहाँका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुगानाले बताए।‘बयलपाटा अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको छ।
त्यहाँ कार्यरत १९ स्वास्थ्यकर्मी र कर्मचारी सहित क्वाटरमा बस्ने परिवारका सदस्य र भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको हो भने ५ जना प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी छन्।
बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिए पछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुगानाले बताए ।