वीरगन्ज —केरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो दरमा रहेको छ । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ६ दिनदेखि उपचार गराइरहेका वीरगन्ज महानगरपालिका– १० रानीघाट निवासी ४८ वर्षीय पुरुषको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
ती पुरुष पुराना मुटु रोगी रहेकाले स्वास्थ्य बिग्रिएपछि साउन ३१ मा नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
साउन ३२ मा उनको पीसीआर रिपोर्टमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि कोरोना अस्पताल रेफर गरिएको थियो ।
उपचारको क्रममा शुक्रबार दिउँसो सवा एक बजेको समयमा उनको मृत्यु भएको चिकित्सकले जनाएका छन् ।