• आइतबार, साउन १० २०८३

३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण


शुक्रबार, भाद्र ५ २०७७
730
Shares

काठमाडौँ — समुदायस्तरमा संक्रमण फैलिए सँगै सबैभन्दा बढी जोखिम सुरक्षकर्मीलाई देखिएको छ ।
सशस्त्र प्रहरी बल(एपीएफ)का काठमाडौं र भक्तपुरमा कार्यरत ३६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले भक्तपुरमा २० जना र काठमाडौंमा १६ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरे ।

डिआइजी अर्यालका अनुसार भक्तपुरको दुवाकोटस्थित गुहेश्वरी गणमा २० जना र निलबाराही गण कीर्तिपुरमा कार्यरत १६ जना प्रहरीमा कोरोना देखिएको हो ।

गुहेश्वरी गणमा कार्यरत संक्रमित प्रहरी सिमा क्षेत्रमा खटिएर गण फर्किएका थिए । सिमा सिल गर्ने क्रममा काठमाडौंबाट उनीहरु तराईका विभिन्न जिल्लामा गएका थिए ।

त्यस्तै निलबाराही गणमा कार्यरत पनि उपत्यका बाहिरबाट भर्खरैमात्र फर्किएका हुन् । संक्रमितहरुलाई आइसोलेसेनमा पठाउने तयारी गरिएको प्रवक्ता अर्यालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार