संक्रमणको जोखिम बढ्न थाले पछि पुर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पताललाई शुक्रबारदेखि शिल गरिएको छ।
अस्पतालमा उपचाररत ५ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ। बिरामीमा संक्रमण देखिएपछि त्यहाँ रहेका अरु १७ जना बिरामीलाई घर पठाएर अस्पताल शिल गरिएको अस्पतालले जनाएको छ।
बिरामीमा संक्रमण देखिएपछि अस्पतालमा सेवा दिइरहेका चिकित्सकसहित १० जना स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ। उनीहरुको आइतबार पिसिआर परीक्षण गरिने र त्यसपछि अस्पतालको सेवाबारे निर्णय हुने बताइएको छ।
संक्रमितमध्ये १० जनामा लक्षण देखिएको छ। तिमध्ये ५ जना मध्यविन्दु अस्पतालमा उपचाररत रहेका हुन्।अरुलाई सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पठाइने चापागाईंले जानकारी दिए।