चितवन । चितवनमा एक साता निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हाे ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनले एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञा एक हप्ता थप गरेकाे जानकारी गराएकाे हाे ।
यसअघि ६ वटा मात्रै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने जिल्लाभर नै निषेधाज्ञा लागू हुने चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए ।
यसअघि साउन ३२ गतेबाट जिल्लाका माडी नगरपालिकाबाहकेकका स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको थियो।
चितवनमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ बिहीबार मात्रै जिल्लामा २२ जना संक्रमित थपिएका थिए । अहिलेसम्म जिल्लामा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
त्यसतै चितवनमा कोरोनाबाट झण्डै ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित बनेका छन् ।
हेर्नुस जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार जारी गरेकाे विज्ञप्ती
