• सोमबार, साउन ११ २०८३

नेपालमा थप एक वृद्धको कोरोनाबाट मृत्यु


शुक्रबार, भाद्र ५ २०७७
755
Shares

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणको कारण बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा थप एक वृद्धको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट सप्तरी घर भई हाल धापासी काठमाडौँ बस्ने ७७ वर्षीय मुरारीप्रसाद उपाध्यायको मृत्यु भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रवक्ता तथा एसपी डा.प्रविण नेपालले बताए ।

मुरारीलाई बिहीबार साँझ ग्रिन सिटी अस्पतालबाट रिफर गरेर सशस्त्र अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको भोलिपल्ट अर्थात शुक्रबार बिहान १० बजेको समयमा मुरारीको मृत्यु भएको एसपी नेपालले बताए ।

मुरारीको शव व्यवस्थापनको लागि कोही पनि नआएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार