केहिदिनयता जारी निषेधाज्ञामा पनि रेमिट्यान्स कम्पनीहरु भने खुला हुने भएका छन् । निषेधाज्ञाको समयमा पनि रेमिट्यान्सको कारोबार भइराख्ने भएकाले सेवा सुचारु नै राखिने भएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले विदेशमा कार्यत नेपालीले पठाएको रेमिट्यान्स भुक्तानी नहुँदा घरव्यवहार चलाउन पनि समसया हुने भएकाले कम्पनीहरुलाई सेवा सूचारु राख्न भनिएको जानकारी दिए ।
राष्ट्र बैंकले शुक्रबार रेमिट्यान्स कम्पनीहरुलाई परिपत्र गर्दै सुरक्षा सम्बन्धी सवै मापदण्ड पालना गरेर सेवा सुचारु राख्न भनेको छ । तर कर्मचारीहरु समेत न्युनतम राखेर सेवा दिनु पर्ने परिपत्रमा उल्लेख गरिएको छ ।