निषेधाज्ञामा हिँडडुल गर्ने पैदल यात्रुलाई रोक्न खोज्दा ललितपुरको बालकुमारीमा डियुटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको हो।
पैदल हिँडीरहेका दुई जनालाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि हातपात भएको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीमाथि हातपात गर्ने पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ का २५ वर्षीय नविन तामाङ र सोही ठाउँका अर्का किशोर छन्।
कुटपिटबाट घाइते भएका २ जना प्रहरी बीएण्डबी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्।