• सोमबार, साउन ११ २०८३

आइसोलेसनबाट स्वास्थ्य सामग्री चोरि


शुक्रबार, भाद्र ५ २०७७
875
Shares

संखुवासभा — संक्रमितको उपचार भइरहेको संखुवासभा सदरमुकाम खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसनका स्वास्थ्य सामग्री चोरी भएका छन् ।

जिल्ला अस्पतालका अनुसार बिहीबार राति ढोका फोडेर सामग्री चोरिएका हुन् ।

करिब १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले बताए ।

उनका अनुसार ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायत सामग्री चोरिएका छन् ।

प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार