विराटनगर । आइसोलेसन बेडको अभावमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौमा स्वाब संकलन गरेर जाँच गर्दा ३ भदौमा पोजेटिभ रिपोर्ट आएको थियो ।
रिपोर्ट पोजेटिभ आए पनि उनी बेड अभावका कारण आइसोलेसनमा भर्ना हुन पाएका थिएनन् । घरमै रहेको अवस्थामा बिहीबार राति उनको मृत्यु भएको विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष विजय कामतले जानकारी दिए । उनका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप र मधुमेह रोगको समस्या थियो ।