• सोमबार, साउन ११ २०८३

गौहत्याको अभियोगमा चार जना पक्राउ


शुक्रबार, भाद्र ५ २०७७
745
Shares

नुवाकोट । गाई काटेर मासु भाग लगाउने क्रममा बिहिबार राती नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जनालाई पक्राउ गरेको छ ।

काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार