• सोमबार, साउन ११ २०८३

पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


शुक्रबार, भाद्र ५ २०७७
780
Shares

काठमाडौं ।आज नेपालमा ललितपुरको पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार