मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा घाम लागेको छ भने रातीमा वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सिमसिम पानीबाहेक अन्य स्थानमा आंशिकदेखि सामान्यसम्म बदली (घाम लागेको, थोरै—थोरै बादल पनि)छ।
उनका अनुसार राति केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहनुको साथै ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।