• बुधबार, असोज १४ २०८३

श्रीमतीका लागि तीजको व्रत लिँदै गायक प्रमोद खरेल


शुक्रबार, भाद्र ५ २०७७
770
Shares

सामान्यतया तीजमा श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत लिने चलन छ। तर गायक प्रमोद खरेलले श्रीमतीका लागि तीजको व्रत बसेका छन्।

गायक खरेलले यसअघि हरेक वर्ष तीजमा आफ्ना लागि श्रीमतीले व्रत लिएकाे तर यसपालि उनी बिरामी भएका कारण उनका लागि चाहिँ आफूले व्रत बसेको जानकारी ट्विटमार्फत दिएका हुन्।

‘श्रीमतीले आजका दिन सधैँ श्रीमानको लामो आयुका लागि व्रत बस्छन्, तर उनी बिरामी भएको ३ महिना भयो, सुधार धेरै भए पनि उनी यसपालि सक्दिनन्, यसपाली म उनको लागि किन नबस्ने,’ ट्विटमा गायक खरेलले लेखेका छन्, ‘यसपाली मैले उनको लागि व्रत बस्दैछु।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार