• शुक्रबार, भाद्र ५ २०८३

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


शुक्रबार, भाद्र ५ २०७७
940
Shares

रुपन्देही र चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।

त्यस्तै चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

मृत्यु हुने चितवनकै रत्ननगर नगरपालिका १३ का ६५ वर्षका पुरुष रहेका अस्पताल स्रोतले जनाएको छ।

अस्पतालले शुक्रबार बिहान सूचना जारी गरेर यो जानकारी गराएको हो। विगत ६ दिनदेखि कोभिड-१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको सूचनामा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार