चितवन — आज नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको आईसीयूमा उपचार गराइरहेका एकजना व्यक्तिको बिहीबार दिउँसो निधन भएको छ ।
योसहित चितवनमा कोरोना संक्रमित भएर निधन हुने व्यक्तिको संख्या अहिलेसम्म चार पुगेको छ ।
भरतपुर अस्पतालले बिहीबार दिउँसो निकालेको सूचनामा रत्ननगर नगरपालिका–१३ घर भएका ६५ वर्षीय पुरुषको बुधबार दिउँसो तीन बजे मृत्यु भएको हो ।
उनी ६ दिनअघि कोरोनाबाट संक्रमित भइ अस्पतालको कोभिड आईसीयूमा उपचार गराइ रहेका थिए । उनी फोक्सोमा टिबी भएका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।