• सोमबार, साउन ११ २०८३

आगो निभाउने क्रममा हेलिकोप्टर दुर्घटना


बिहिबार, भाद्र ४ २०७७
885
Shares

अमेरिकाको क्यालिफोर्नियामा आगो निभाउन गएको एक हेलिकप्टर दुर्घटना परेको छ । हेलिकप्टर दुर्घटना पर्दा त्यसमा सवार एक पाइलटको मृत्यु भएको छ।

क्यालिफोर्नियास्थित जंगलको धेरै ठाउँमा लागेको आगोलाई निभाउन ती पाइलटले हेलिकप्टरबाट पानी खन्याइरहेका थिए।

सोही क्रममा उनी एकजना मात्र सवार हेलिकप्टर कोयलिंगा भन्ने स्थानमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

सयभन्दा बढी स्थानमा आगलागी भएपछि हाल क्यालिफोर्नियामा आपतकाल अवस्थाको घोषणा गरिएको छ।

आगलागीबाट बच्न सान फ्रान्सिस्कोका हजारौं मानिसहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्। हाल हेलिकप्टर तथा जमीन दुवैबाट आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार