• बुधबार, असोज १४ २०८३

माछापोखरीबाट हतियारसहित दुई जना पक्राउ


बिहिबार, भाद्र ४ २०७७
955
Shares


महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौं महानगरपालिका—१६ माछापोखरीबाट दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्रउ पर्नेमा नुवाकोट शिखरबेंसी—६ बस्ने वर्ष २७ को विकास पण्डित र लिपु गाउँपालिका—१ बस्ने वर्ष २८ को अमर तामाङ रहेको छ ।

पण्डितबाट प्रहरीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल र १० राउण्ड गोली बरामद गरेको हो। उनलाई सोधपुछ गर्दा हतियार ओसार पसार गराउन लगाउने तामाङ रहेको खुलेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

तामाङलाई महाशाखाको टोलीले नुवाकोटस्थित घरबाट पक्राउ गरिएको थियो।

उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ।प्रारम्भिक अनुसन्धान अनुसार अमर तामाङ पहिले नै डाँकाको मुद्दामा ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरेको खुलेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार