• आइतबार, साउन १० २०८३

महानगरीयका थप १७ जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि


बिहिबार, भाद्र ४ २०७७
730
Shares

काठमाडौं । संक्रमणको जोखिम अहिले सुरक्षकर्मीमा बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।
यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३ सय ७५ जना क्वारेन्टिनमा बसेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार