• सोमबार, साउन ११ २०८३

निषेधाज्ञामा बैंकका कर्मचारीलाई समेत आउजाउमा रोक


बिहिबार, भाद्र ४ २०७७
1.1K
Shares

काठमाडौं । प्रहरीले निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई समेत हिड्डुलमा रोक लगाएको छ ।

त्यसैले नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए ।

काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीलगायत बैंकका सीईओलाई समेत बाटैमा रोकिएको बैंकर्सहरु बताउँछन् ।

हिजो सीडीओसँग समन्वय गरी बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने र केही बैंकहरु खोल्ने सहमति भएको थियो भने आज आउजाउमा रोक लगाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार