• शुक्रबार, भाद्र ५ २०८३

निषेधाज्ञामा निस्किएका दुई सय बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा


बिहिबार, भाद्र ४ २०७७
685
Shares

निषेधाज्ञा जारी गरे पछि उल्लंघन गर्ने दुई सय बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।

सवारीसाधन सँगै ४ सय ३७ जनालाई नियन्त्रणमा लिइएको र पहिलो चरणमा सम्झाएर घर फर्काइने परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

उपत्यकामा संक्रमणको जोखिम बढेकोले निषेधाज्ञा जारी गरिएको हो । पटक÷पटक उल्लंघन गरे संक्रामक रोग ऐनअनुसार कारबाही गरिने परिसरले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार