• सोमबार, साउन ११ २०८३

अन्त्यष्टि गरेको दुई दिनपछि मृतकमा संक्रमण पुष्टि


बिहिबार, भाद्र ४ २०७७
900
Shares

दुई दिनअघि नै मृत्यु भएको सप्तरीका एक युवकमा संक्रमण पुष्टि भएको छ ।

मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका सप्तरीको राजविराज नगरपालिका ४ का २८ वर्षीय युवाको कारोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

उनको स्वस्थ्य अवस्था गम्भीर बनेपछि छिन्नमस्ताले मंगलबार दिउँसो उनलाई धरानमा रेफर गरेको थियो।धरान पुर्याएलगत्तै उनको मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब परीक्षण गर्दा बुधबार राति उनको रिपोर्ट पोजेटिभ आएको हो भने मंगलबारै उनको अन्तिम संस्कार गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार