• सोमबार, साउन ११ २०८३

कुलमानको पुनः नियुक्तिको चर्चा


बिहिबार, भाद्र ४ २०७७
720
Shares

सामाजिक सन्जालमा घिसिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्ति गर्नुपर्ने माग उठेको छ । भदौ १ गते भएको प्राधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रममा आधिकारिक ट्रेड युनियनले समेत घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन माग गरेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन प्रमुख अतिथि रहेको कार्यक्रममा भएको त्यो मागले घिसिङको पुनः नियुक्ति सम्बन्धी बहस सुरु गरेको थियो । नेपाल विद्युत् प्रधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले ४ वर्षमा घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति गरेकाले प्राधिकरणको ३६ औं वार्षिकोत्सव पनि यही टिमले मनाउन पाउनुपर्ने बताएका थिए ।

‘हामी कर्मचारीलाई ४ वर्षअघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । अहिले म प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फुलाउने अवस्था छ । यो कुलमान घिसिङकै नेतृत्वमा सम्भव भएकाले सरकारले मूल्याङ्कन अवश्य नै गर्नेछ भन्ने अपेक्षा छ,’ उनले भनेका थिए ।

कार्यक्रममै सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीले पनि १४ घण्टाको कहालीलाग्दो लोडसेडिङ अन्त्य गर्न सफल भएकाले प्राधिकरणको अहिलेको टिमलाई नै काम गर्न दिनुपर्ने बताएका थिए ।

घिसिङलाई दोहोर्याउन चौतर्फी माग भइरहे पनि दोस्रो कार्यकालका लागि उनी नियुक्त हुन्छन् भन्न सकिने अवस्था भने छैन । राम्रो काम गरेर सर्बत्र कमाएको प्रशंसा र मिडियाप्रेमी छवी नै पनि उनको लागि समस्या भएको प्राधिकरण स्रोत बताउँछ ।

‘कार्यसम्पादनको आधारमा घिसिङको कार्यकाल दोहोरिने सम्भावना पछिल्ला दिनमा नबढेको भने होइन’, स्रोत भन्छ, ‘कदाचित लोकप्रियता र कार्यसम्पादन रेकर्डले काम गर्यो भनेचाहिँ उनले मिडियाप्रेम त्यागेर अघि बढ्नुपर्ने हुन्छ ।’

अहिले प्राधिकरणको सञ्चालक समितिमा ऊर्जामन्त्री वर्षमान पुन आफैं छन् । तर, प्राधिकरणको हरेक नीतिगत निर्णयसहित मार्गदर्शन गरिरहेका मन्त्रीको भन्दा बढी घिसिङको चर्चा हुने गरेको छ ।

प्राधिकरणको सुधारमा सिंगै टिमको योगदान रहेपनि व्यक्ति केन्द्रित चर्चाका कारण घिसिङ दोहोरिन असहजता भएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘उहाँ जत्तिको काम गर्ने मान्छे अहिले प्राधिकरणका लागि उपलब्ध छैनन्,’ ती अधिकारी भन्छन्, ‘केही कुरा सुधारेर अघि बढ्ने अठोट भयो भने कुलमान घिसिङ दोहोरिने सम्भावना नकार्न सकिँदैन ।’ onlinekhabar

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार