• बुधबार, असोज १४ २०८३

सञ्चारकर्मीलाई लकडाउनमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह


बिहिबार, भाद्र ४ २०७७
775
Shares

सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा समाचार संकलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ।

विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार संकलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका छन्।

सवारी साधन प्रयोग गर्दा प्रयोगकर्तालाई आफ्नो तस्वीरसहितको परिचयपत्र अनिवार्य लगाउनसमेत विभागले आग्रह गरेको छ। सञ्चारगृहलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्न र परिस्थितिजन्य अवस्थालाई समेत ध्यानमा राखी न्यूनतम सवारी साधनमात्र प्रयोग हुन विभागले अपिल गरेको छ।

रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार