• शनिबार, साउन ९ २०८३

निषेधाज्ञाले गोरखा चाैथाे दिनपनि सुनसान, तिजकाे राैनक छैन (हेर्नुस १० फोटाेमा)


बिहिबार, भाद्र ४ २०७७
955
Shares

गोरखा । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण गोरखा चाैथाे दिनपनि बिहानैदेखि सुनसान देखिएको छ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय गोरखा लगायत स्थानीय तहहरुले भदाै एक देखि जिल्लामा एक साताको लागि निषेधाज्ञा लागू गरेका थिए।

यो निषेधाज्ञा ७ भदौसम्म जारी रहने छ। निषेधाज्ञाको कारण याे बर्ष महिलाहरुकाे हरितालिका तिजकाे समेत राैनक शुन्य छ भने मानिसहरुको आवत जावत न्युन छ।

सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्।

प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन अपिल गरेकाे छ भने अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ।

अत्यावश्यक सामग्री लगायतका स्वास्थ्यकर्मी तथा सुरक्षा निकाय, सुचना विभागबाट प्रेस कार्ड प्राप्त सञ्चारकर्मीले प्रयाेग गर्ने सवारी साधन बाहेक गोरखाभित्र सवारी साधन प्रवेश गर्न, जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पनि निषेध गरिएको छ।

हेर्नुहाेस गोरखाकाे चाैथाे दिनकाे निषेधाज्ञाका १० तस्विर ।

फोटाे : माेहसिन अलि मियाँ / सिभिलखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार