नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश तथा जिल्ला कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ।
बुधबार जुममार्फत भएको महासंघको राष्ट्रिय भेलाले कोरोना महाव्याधीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो।
भेलाले केन्द्रीय समितिको तर्फबाट अध्यक्ष गोविन्द आचार्यबाट प्रस्तावित प्रस्तावहरु छलफलपछि परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गरेको छ।
महासंघले मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने, २०७७ फागनु ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन सम्पन्न गर्ने, कदंकदाचित कोरोना महाव्याधीका कारण उल्लेखित कार्यतालिका कार्यान्वयनमा जटिलता उत्पन्न भएको खण्डमा सम्पूर्ण कार्यतालिका पुनरावलोकन गर्ने अख्तियार केन्द्रीय समितिलाई प्रदान गर्ने निर्णय गरेको छ।