• सोमबार, साउन ११ २०८३

सबै प्रहरीको कोरोना बीमा, भदौ १२ देखि लागू हुने


बुधबार, भाद्र ३ २०७७
635
Shares

प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीको कोरोना बीमा गरिदिएको छ।

बुधबार विज्ञप्ति प्रकाशित गरी कार्यालयले रुजु हाजिर रहेका सबै कर्मचारीहरुको एक लाख रुपैयाँ सम्मको कोरोना बीमा राष्ट्रिय बीमा कम्पनीमा गराएको जानकारी गराएको छ।

‘नेपाल सरकारको आर्थिक वर्ष २०७७।०७८को बजेट वक्तव्य र नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णय बमोजिम राष्ट्रसेवक कर्मचारीहरुका लागि बीमा कम्पनीसँग बीमालेख गर्ने सम्बन्धमा बीमा समिति रामशाहपथले मिति २०७७।०४।२१ गते प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको’ विज्ञप्तिमा उल्लेख छ।

बीमा कम्पनीको नीति अनुसार बीमा गराइएको १५ दिनपछि मात्रै बीमा लेख ग्राह्य हुने हुँदा भदौ १२ गतेबाट कोरोना बीमा लागू हुनेछ।

काेराेना बीमा लागू हुनुभन्दा अघि स‌ंक्रमित भएका प्रहरीहरुकाे सेवा सुविधा सम्बन्धमा सरकारकाे निर्णयअनुसार गरिने र प्रधान कार्यालयले पनि उच्च प्राथमिकतामा राखि उचित निर्णय लिने प्रधान कार्यालयले जनाएकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार