काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकमा थप १ सय ५९ जना संक्रमित थपिएको बताए।
प्रवक्ता गोतमका अनुसार काठमाडौँमा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा ८ संक्रिमित थपिएका हुन्।