पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर ६ सय ८१ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको थियो।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। योसँगै निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ।