• आइतबार, साउन १० २०८३

पालुङटारमा फेरी देखियो समुदायका ब्यक्तिमा कोरोना


बुधबार, भाद्र ३ २०७७
730
Shares

गोरखा । पालुङटारमा आज पनि एक ब्यक्तिमा कोरोना देखिएको छ ।

केहिदिन अघि समुदायस्तरकी एक महिलामा कोरोना संक्रमण देखिएपछि गरिएको कन्टाक्ट ट्रेसिङका क्रममा आज बुधबार ५० बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।

गत साउन ३२ गते कन्टक्ट ट्रेसिङ गरी ४१ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएकोमा ति पुरुषको मात्रै रिपोर्ट आएको पालुङटार नगरपालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए ।

आज संक्रमण देखिएका पुरुष समेत सोही वडा नम्बर ४ का स्थायी बासिन्दा हुन । स्वाव पठाइएका अन्य ४० जनाको भने रिपोर्ट आउन बाँकी नै रहेको गिरीले सिभिलखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार