काठमाडौँ —कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न बैँक तथा वित्रिय संस्थाहरुले आफुले सकेँको आर्थिक सहयोग सरकारलाई गरेको छ ।
यसैक्रममा एनआईसी एसिया बैंकले पनि कोरोना कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सरकारलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सरकारलाई कोरोना भाइरस महामारी नियन्त्रणमा सघाउने उद्देश्यले उक्त रकम सहयोग गरेको हो ।
बैंकले यसअघि सातै प्रदेश सरकारलाई १५/१५ लाख रुपैयाँका दरले १ करोड ५ लाख रुपैयाँ रकम प्रदान गरिसकेको छ ।