वीरगञ्ज । नेपालमा कोरोना संक्रमणबाट वीरगञ्जका दुई पुरुषको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।
भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको थियो । जिन एक्सपर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
कोरोना संक्रमित भई साउन २७ गतेदेखि गण्डक अस्पतालमा उपचाररत ८४ वर्षिय पुरुषको उपचारको क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।उनमा निमोनियाको पनि समस्या देखिएको थियो ।