काठमाडौं । नेपाल आज फेरी कोरोना संक्रमणका कारण सुनसरीका ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
ती वृद्धा महिलामा साउन २३ गते नै संक्रमण पुष्टि भए सँगै खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् ।
उनी दम र मुटुको समस्याका कारण उपचाररत रहेको अस्पतालले जनाएको छ ।