• बुधबार, असोज १४ २०८३

अछाममा बाढीले बगाएका ७ जनाको शव भेटियो, १० अझै बेपत्ता


बुधबार, भाद्र ३ २०७७
1K
Shares

अछामको रामारोशन गाउँपालिका– ५ मा मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले बगाएर बेपत्तामध्ये ७ जनाको शव भेटिएको छ।

बुधबार मध्यान्हसम्म बाढीले बगाएर बेपत्ता १७ मध्ये विभिन्न ठाउँमा ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

मंगलबार राति रामारोशन गाउँपालिका–५ को स्थानीय कैलाश खोलामा आएको बाढी बस्तीमा पसेको थियो। बाढी बस्तीमा पस्दा १७ जना बेपत्ता भएका थिए।

उनीहरुमध्ये १० जना एकै परिवारका रहेको रामारोशन गाउँपालिकाका अध्यक्ष झकर बहादुर साउँदले बताए। हराइरहेकाहरुको खोजी भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार