• बुधबार, असोज १४ २०८३

तिन महिनाभित्रमा चीनले बनाएको कोरोना खोप बजारमा आउने दाबी


बुधबार, भाद्र ३ २०७७
775
Shares

रुसले सँगसँगै चीनले पनि कोरोनाको खोप बनाएको र छिट्टै बजार आउने दाबी गरेको छ ।
चीनको सिनोफार्म कम्पनीले यो वर्ष (सन् २०२०) को अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोप बजारमा आइसक्ने दाबी गरेको छ।

सिनोफार्ममा अध्यक्ष लिउ जिंगझेनले पत्रकारसँगको कुराकानीमा खोपको तेस्रो परीक्षण संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको जानकारी दिँदै यो डिसेम्बरसम्म बजारमा आउने अपेक्षा गरिएको बताएका हुन्।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार उनले त्यो खोप आफूले पनि लिएको उल्लेख गर्दै कुनै पनि साइड इफेक्ट नदेखिएको बताएका छन्।

खबरअनुसार चीनका बेइजिङ र वुहान सहरस्थित वर्कसपबाट वर्षमा क्रमशः १०‍।२ करोड र १० करोडसम्म खोप उत्पादन हुनसक्छ। जसको २ डोजको मूल्य हजार युआन अर्थात् नेपाली रुपैयाँ करिब १७ हजार हुनेछ।

मूल्यका विषयमा कतिले चिन्ता व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा बस्नेका लागि यो निकै महँगो हुने र खोप लगाउन नसक्ने उनीहरुको भनाइ छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार