• बुधबार, असोज १४ २०८३

राष्ट्रिय झण्डा जलाएको आराेपमा ९ जना पक्राउ


बुधबार, भाद्र ३ २०७७
775
Shares

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित भिडियोमा अभिनय गर्ने व्यक्तिलाई पक्राउ गरेको हो।

दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो। भिडियो  सार्वजनिक भएलगत्तै यसको तीव्र विरोध हुँदै आएको थियो। अहिले पनि सामाजिक संजालमा भिडियो तथा तस्बिर भाइरल भएका छन्।

गीतको सुटिङ भिडियोमा मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा भएको देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार