• शनिबार, भाद्र २० २०८३

निदान अस्पतालका ८ जना नर्समा संक्रमण पुष्टि


बुधबार, भाद्र ३ २०७७
645
Shares

कोरोना भाइरस संक्रमणको जोखिम हाल स्वस्थ्यकर्मीमा बढि मात्रामा देखिएको छ । ललिपुरको पुल्चोकस्थित निदान अस्पतालका ८ जना नर्समा संक्रमण पुष्टि भएको छ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा नर्ससहित १२ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए।

बाँकी संक्रमितहरू भने सरसफाइ कर्मचारी र सुरक्षागार्ड रहेको उनले जनाए।संक्रमित सबैको स्वस्थ्य अवस्था सामान्य रहेको र अहिले सबै संक्रमितलाई अस्पतालकै कोभिड कक्षमा राखिएको छ।

पछिल्लो समय भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरूको परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको हो।

अब थप अन्य स्वास्थ्यकर्मीको पनि परीक्षण गर्न तयारी रहेको श्रेष्ठले जनाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार