• आइतबार, साउन १० २०८३

तनहुँका तीन प्रहरीमा कोरोना संक्रमण देखियाे


बुधबार, भाद्र ३ २०७७
660
Shares

दमौली । जिल्ला प्रहरी कार्यालयका तीन प्रहरीमा कोरोना संक्रमण देखिएको छ । केही दिनअघि एक महिला प्रहरीमा संक्रमण देखिएकोमा अहिले अर्का एक प्रहरीमा पनि संक्रमण देखिएको पुष्टि भएको हो।  य

सअघि २७ जना प्रहरीको नमूना पोखरा क्षयरोग केन्द्र प्रयोगशाला पठाएकोमा चारजनाको नमूना फेरि पठाइएको थियो । सोही नमूना परीक्षणमा एकजना प्रहरीमा संक्रमण भेटिएको व्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले जानकारी दिए । 

सासूबाट संक्रमित भएको आशंका गरिएकी प्रहरीको संक्रमणपछि २७ जनाको नमूनामा अर्की महिला प्रहरीमा संक्रमण देखिएको थियो ।  तीन दिनअघि आएको नतिजा अर्की २३ वर्षीया महिलामा पनि संक्रमण भेटिएको थियो । बुधबारको नतिजासँगै कार्यालयका तीन प्रहरीमा संक्रमण भेटिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार