काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचारत भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।