चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो ।
भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराबाट उपचारका लागि आएका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।