• सोमबार, साउन ११ २०८३

राष्ट्रपति र प्रधानमन्त्री बिद्रोही सैनिकको कब्जामा


बुधबार, भाद्र ३ २०७७
710
Shares

पश्चिम अफ्रिकी मुलुक मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई मंगलबार साँझ त्यहाँका बिद्रोही सैनिकहरुले कब्जामा लिएका छन्।

राष्ट्रपति इब्राहिम बुबाकर किटालाई पदबाट हटाउने मागसहित कैयौं महिनादेखि आन्दोलनरत् ती बिद्रोहीले उनलाई कू नै गर्ने तयारी गरेको देखिन्थ्यो।

ती बिद्रोही सैनिकहरुले राष्ट्रपति भवन घेरेर हवाइफायर समेत गरेका थिए।

त्यसपछि राजधानी काटीमा परिस्थिति दिनभर तनावग्रस्त रुपमा बितेको थियो।

सन् २०१२ देखि अस्थिर भएको राजनीतिलाई सम्हाल्न राष्ट्रसंघ र सोहि मुलुकलाई पहिले उपनिवेश बनाएको फ्रान्सले निकै प्रयास गरेपनि राजनीतिक माहौलमा सुधार हुन सकेको छैन।

त्यहाँका सैनिकले ब्यारेकबाट हतियार लगी बरिष्ठ सैनिक अधिकारीहरुलाई नियन्त्रणमा लिएका थिए।

राष्ट्रपतिसँगै आश्रय लिइरहेका भनिएका प्रधानमन्त्री बोउबोउ सिस्सेले सैनिकहरुलाई हतियार राखेर राष्ट्रको हितमा काम गर्न आग्रह गरेका थिए।

‘संवादबाट समाधान ननिस्किने कुनै समस्या हुँदैन,’ उनले एक वक्तव्य जारी गरी भनेका छन्।

केहि अघि सशस्त्र समुहले अर्थमन्त्री अब्दोल्या ड्याफेसहित मानिसहरुलाई नियन्त्रणमा लिन थालेपछि सरकारी कर्मचारी पनि अफिस छाडेर भागेका थिए। -एपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार