• आइतबार, साउन १० २०८३

भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा


मंगलबार, भाद्र २ २०७७
1.1K
Shares

काठमाडौँ । काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

मंगलबारमात्रै उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

निषेधाज्ञा जारी भए संगै अत्यावश्यक सेवाका बाहेक कुनै पनि कार्यालय खोल्न तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा भने संचालन हुने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार