• आइतबार, साउन १० २०८३

नेपालमा एकैदिन हजार बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या २८ हजार नाघ्यो


मंगलबार, भाद्र २ २०७७
920
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १०१६ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार आज १३ हजार ४६१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। यसँगै नेपालमा कोरोना निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार