• आइतबार, साउन १० २०८३

हरमटारीमा कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ


मंगलबार, भाद्र २ २०७७
915
Shares

गोरखा । गत बिहिबार हरमटारीकी एक महिलामा कोरोना देखिएसंगै कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार गोरखा बजारकाे रंगशाला आसपासकी एक महिलामा कोरोना देखिएको थियो । सो संगै शुक्रबार उनको परिवार र आसपासका अन्य छिमेकी गरी २५ जनाको स्वाव संकलन गरी काेराेना परिक्षणका लागि पठाइएको थियो ।

जसमा आज मंगलबार २५ जनाकै रिपोर्ट नेगेटिभ आएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

त्यस्तै नगरका अन्य क्षेत्रमा हाेम क्वारेनटाइनमा बसेका ५ मध्ये ४ जनाकाे समेत रिपाेर्ट नेगेटिभ आएकाे अर्यालले बताए । एक जनाकाे भने रिपाेर्ट आउन बाँकी रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार