• आइतबार, साउन १० २०८३

कोरोना संक्रमणबाट गण्डकीमा आज दुई जनाको मृत्यु


मंगलबार, भाद्र २ २०७७
1.1K
Shares

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँकी ५० वर्षीय महिला र पोखराका ८७ वर्षीष पुरुष रहेका छन्।

कोरोना संक्रमणबाट पोखरा महानगरपालिका १६ निवासी ८७ वर्षीय पुरुषको मंगलबार बिहान १० बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो।

उच्च ज्वरो र स्वास्प्रस्वासमा समस्या आएपछि उनी साउन ३२ गते उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए। उनको कोरोनाकै कारण मृत्यु भएको अस्पतालका निर्देशक सह. प्राडा. अर्जुन आचार्यले जनाकारी दिए।

त्यस्तै हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्याबाट पीडित तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सोमबार राति ११ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए। उनी पोखरा महानगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा उपचाररत थिइन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार