काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा आज विहान एक जना ३८ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएको थियो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
अहिले उनको शव कसरी व्यवस्थापन गर्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ।