• शुक्रबार, भाद्र ५ २०८३

एसइईको नतिजा सार्वजनिक, रिजल्ट हेर्न क्लिक गर्नुस्


सोमबार, भाद्र १ २०७७
830
Shares

National Examinations Board (NEB) Nepal. Photo: NEB

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा  सार्वजनिक गरेको छ। विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको थियो।

परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ।

बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो। एसईईका परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजाको काम सकेर बोर्डमा जानकारी गराएका थिए।

तर नतिजाको काम सकेपनि सार्वजनिक गर्न ढिलो भएको भन्दै गुनासो बढेपछि शिक्षा मन्त्रालयको सहमतिमा सोमबार सार्वजनिक गरिएको हो। बोर्डले शुरुमा चैत ६ गतेको लागि परीक्षाको तालिका सार्वजनिक गरेको थियो।

परीक्षा सञ्चालनको मिति कुर्दाकुर्दै अवस्था सहज नहुने देखिएपछि सरकारले यो पटक सम्बन्धित विद्यालय आफैले विद्यार्थीको मूल्यांकन गरेर नतिजा दिने तर त्यो नतिजालाई बोर्डले प्रमाणिकरण गरेर सार्वजनिक गर्न पाउने निर्णय गरेको थियो। परीक्षा सम्बन्धि अन्य विवरण राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटमा राखिने बोर्डले जनाएको छ।

नतिजा थाहा पाउन यी साईटहरुमा जानुस

शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np

शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np

परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार