• बुधबार, असोज १४ २०८३

एसईईको नतिजा आजै सार्वजनिक हुने, यसरी हेर्नुहोस् नतिजा


सोमबार, भाद्र १ २०७७
1K
Shares

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा ( एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ। 

बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विदुयार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।

परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। विद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गर्न लागिएको हो।

नतिजा कसरी थाहा पाउने ?

शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np

शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np

परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार